Rule 32
स्वीकृतिको लागि निवेदन दिनु पर्ने
(१) कुनै पनि विदेशी संघ संस्था वा तिनीहरूसँग आबद्ध व्यक्ति वा संस्थाले नेपाल ……….. भित्रको कुनै ठाउँमा कुनै जीव, जिवाणु र वनस्पतिको नमूना सङ्कलन गर्न र जैविक विविधताको अनुसन्धान सम्बन्धी कुनै कार्य गर्न
चाहेमा त्यसको उद्देश्य खुलाई स्वीकृतिको लागि सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम कुनै निवेदन पर्न आएमा सम्बन्धित निकायले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझबाट कुनै जीव, जिवाणु तथा वनस्पतिको
नमूना सङ्कलन गर्न तथा जैविक विविधताको अनुसन्धान सम्बन्धी कुनै कार्य गर्न दिन मनासिब देखिएमा आवश्यक शर्तहरू तोकी स्वीकृति दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति दिइएको जानकारी सम्बन्धित निकायले मन्त्रालयलाई गराउनु पर्नेछ ।